कोरोना भाइरसबाट विश्वभर १ करोड ८ लाख प्रभावित

एजेन्सी – कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बिहीबारसम्म विश्वभर १ करोड ८ लाख बढी प्रभावित भएका छन् । भाइरसका कारण पाँच लाखभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म संसारभरि ५ लाख १८ हजार ९ सय २१ जनाको मृत्यु भैसकेको छ । विश्वभरमा हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५९ लाख ३८ हजार ९५४ पुगेको छ ।

हालसम्म संसारभरका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ । अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन् ।