सिन्धुपाल्चोकमा पहिरो : २ जनाको मृत्यु, १४ जना बेपत्ता (फोटोफिचर)

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोसी नदी लगायतका खेलामा आएको बाढीमा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्तीमा पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढी परी घटनामा अझै १४ जना बेपत्ता छन् । दुईको शव फेला परेको प्रहरीले जनाएको छ ।

भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

हेर्नुहोस् तस्वीरहरु :