शिक्षासेवी श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

काठमाडौँ – शिक्षाविद एवं सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आज राज्यमन्त्रीमा नियुक्त गरेकी हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवासंगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठले नियुक्तिलगत्तै पदभार ग्रहण गर्दै सबै नागरिकलाई कोरोना खोप सरकारको पहिलो प्राथमिकता रहेकाले खोप र महामारीका बेला स्वास्थ्य सेवामा सुलभ पहुँचका लागि कार्य गर्ने जानकारी दिए । लिटिल एन्जेल्स स्कुलका संस्थापक रहेका श्रेष्ठको अन्य शैक्षिक संस्था र वित्तिय संस्थामा पनि लगानी छ ।