कोरोना भाइरसबाट विश्वभर १ करोड १३ लाख बढी संक्रमित

एजेन्सी – कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बिहीबारसम्म विश्वभर १ करोड १३ लाख बढी प्रभावित भएका छन् । भाइरसका कारण पाँच लाख ३३ भन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म संसारभर संक्रमित हुनेको संख्या १ करोड १३ लाख ७९ हजार ८३ पुगिसकेको छ । ५ लाख ३३ हजार ३ सय ८८ जनाको मृत्यु भैसकेको छ । विश्वभरमा हालसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ६४ लाख ३४ हजार १२ पुगेको छ ।

हालसम्म संसारभरका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ । अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन् ।