काठमाडौँका सबै निजी तथा सामुदायिक विद्यालयलाई महानगरपालिकाले जारी गर्यो यस्तो सूचना

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेकाले पठन पाठन ठप्प छ । चैत्र ११ गतेयताको लकडाउनका कारण बालबालिकाले पढ्न पाएका छैनन न त कक्षा १०, ११ र १२ का परीक्षार्थीले परीक्षा दिन पाएका छन् ।

बढ्दो शैक्षिक अन्यौलताबीच काठमाडौँ महानगरपालिकाले भने रेडियोबाट पढाइ थाल्ने भएको छ । महागरपालिकाले आइतबार जारी गरेको सूचनामा कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ थालिने भएकाले अभिभावकलाई जानकारी गराई सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिकाले शिक्षक विद्यार्थीलाई सहभागी हुन पनि आग्रह गरेको छ । पढाई २७ गतेदेखि हुने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना जस्ताको तस्तैः