कोरोना भाइरसका २१३ संक्रमित थपिए

काठमाडौँ – आज एकैदिन २१३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबार थप २१३ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १०२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । जसमध्ये अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

कुल ७१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म देशभरि १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा छन्।