थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमित २७ हजार २४१ पुगे

काठमाडौँ – नेपालमा आज थप ५८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितहरुको कुल संख्या २७ हजार २४१ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा १६० जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।