कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप ३ जनामा कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहट, मोरङ र काठमाडौँमा एक/एक जनाको निधन भएको हो ।

रौतहट जिल्लाका ३२ वर्षीय एक पुरुष, मोरंगका ६० वर्षीय एक पुरुष र काठमाडौको ५८ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको हो । त्यस्तै, नेपालमा आज थप ५८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाबाट संक्रमितहरुको कुल संख्या २७ हजार २४१ पुगेको छ ।