काठमाडौँमा थपिए १६८ जना कोरोना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा आज थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा १३९, भक्तपुरमा १४ र ललितपुरमा १५ जना नयाँ संक्रमित थपिएका जानकारी दिनुभयो ।

यससँगै नेपालमा आज ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साथै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।