आज साउनको पहिलो सोमबार, यस्तो छ महिमा

काठमाडौँ – आज साउनको पहिलो सोमबार । साउन र सोमबार भगवान शिवको प्रिय महिना हो । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति हुने धार्मिक विश्वास छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाउने गरिन्छ ।

कोरोना भाइरसका कारण २५ जनाभन्दा बढी भेला हुन नपाइने भएकाले र लकडाउनका कारण मन्दिरहरु बन्द हुनेछन् ।