एसइईको नतिजा सार्वजनिक

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार बढी परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए ।

राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

कसरी हेर्ने नतिजा ?

बोर्डले विभिन्न वेबसाइट, एसएमएस मार्फत नतिजा हेर्न सकिने जनाएको छ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट लगायतबाट नतिजा हेर्न सक्नेछन् ।

साथै बोर्डले विज्ञप्तिमा नतिजामा देखिएका त्रुटि सच्याउनका लागि विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाउनुपर्ने जनाएको छ । फारम बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ ।