शनिबार थप २३२ जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा आज थप २३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए ।

शनिबार कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५ हजार ४९१ पुगेको छ । पछिल्लो २४ घन्टामा २७२ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३४ पुगेको छ ।