तलब माग्दै निजी विद्यालयका शिक्षक सडकमा

काठमाडौँ – निजी विद्यालयमा कार्यरत शिक्षकले तलबको माग गर्दै आज विभिन्न जिल्लामा प्रदर्शन तथा विरोध कार्यक्रम गरेका छन् । शिक्षकहरुले आज संघीय राजधानी काठमाडौँको माइतीघरमा जुलुस निकालेका छन् ।

लकडाउनका कारण गत चैतदेखि निजी विद्यालय बन्द हुँदा आफूहरुले तलब नपाएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । शिक्षकरकर्मचारीलाई २०७६ चैत मसान्तसम्मको तलब भत्ता लगायत सेवासुविधा उपलब्ध नगराएका विद्यालयबाट तत्काल उपलब्ध गराइनुपर्ने, २०७७ वैशाखदेखिको पूर्ववत् सेवासुविधाको ग्यारेन्टी, विनाकारण शिक्षक(कर्मचारीलाई सेवाबाट अवकाश दिने काम बन्द गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा संस्थागत विद्यालयका शिक्षक(कर्मचारीलाई अनिवार्य सहभागी गराइनुपर्ने तथा अनलाइन र भर्चुअल माध्यमबाट पढाइने र पढाइएका कक्षालाई औपचारिक मान्यता दिइनुपर्ने लगायतका माग सहित संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को आह्वानमा देशव्यापी प्रदर्शन भएको इस्टुले जनाएको छ ।

काठमाडौँमा भएको प्रदर्शन माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म पुगी कोणसभामा परिणत भएको थियो । इस्टुका अनुसार कतिपय विद्यालयमा कार्यरत शिक्षकले पुसदेखि तलब पाउन सकेका छैनन् ।

इस्टुको आयोजनामा विभिन्न जिल्लामा भएका प्रदर्शनका तस्वीरहरु :