भारतमा कोरोना संक्रमित ९ लाख नाघे

काठमाडौँ –भारतमा चार दिनमा एक लाखभन्दा बढी संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । आज विहान यो समाचार तयार पार्दासम्मअ ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् ।

त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।