स्पेनिस ला लिगा : रियल उपाधि नजिक

एजेन्सी – स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल मड्रिडले उपाधियात्रामा आफ्नो दाबेदार कायमै राखेको छ । सोमबार रातिको खेलमा रियलले ग्रानडालाई २–१ ले पराजित ग-यो ।

ग्रानडाको मैदानमा पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र गोल गरे ।

यो जीतसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ । रियलले अब अर्को खेलमा अलाभेसलाई पराजित गरे उपाधि जित्नेछ ।