रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

स्पेनिश क्लब रियल मड्रिडलाई पराजित गर्दै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलमा चेल्सीले रियल मड्रिडलाई २–० ले पराजित ग-यो ।

चेल्सीका लागि टिमो वेर्नरले २८ औँ र म्यासन माउन्टले ८५ औँ मिनेटमा गोल गरे । फाइनल खेल मे २९ मा स्तानबुलमा हुनेछ ।