थप ४७३ जनामा कोरोना संक्रमण, काठमाडौँमा थपिए ३२ जना

काठमाडौँ – नेपालमा आज थप ४७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४७३ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।

संक्रमितमा १०९ महिला र ३६४ पुरुष छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ।

काठमाडौँमा थपिए ३२ जना

यसैबीच, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ३२ जना संक्रमित थपिएको जानकारी दिए ।

काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।