पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजना गरेको छ । लकडाउनको समयमा घटेको पेट्रोलियम पदार्थको मूल्य लकडाउन खुकुलो भएपछि मंगलबार रातिदेखि लागू हुनेगरी बढेको हो ।

निगमले मंगलबार रातिदेखि लागू हुनेगरी गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बृद्धि भएको छ । योसँगै काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।