काठमाडौँ उपत्यकामा ९ सहित १४४ जनामा कोरोना संक्रमण

काठमाडौँ – सोमबार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडाँै उपत्यकामा मात्र ९ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ ।

जसमा सक्रिय संक्रमितहरु ६ हजार ६१३ जना रहेका छन् । सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंका तीन जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार ७०५ रहेको छ । नेपालमा हालसम्म मृत्यु भएका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।