थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित ११ हजार १६२ पुगे

काठमाडौँ – नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोरोना भाइरस संक्रमण ७६ जिल्लामा पुगेको र संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ११ हजार १६२ पुगेको जानकारी दिए ।

उनका अनुसार ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।