थप २४६ जनामा कोरोना भाइरस संक्रमण, संक्रमित २० हजार नाघे

काठमाडौँ – नेपालमा आज थप २४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ । कुल संक्रमितहरुको संख्या २० हजार ३३२ पुगेको प्रवक्ता गौतमले बताउनुभयो। पछिल्लो २४ घन्टामा १११ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५७ पुगेको छ ।