काठमाडौँ उपत्यकामा ९ जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौँमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँमा ४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौँमा २ जना पुरुष, २ जना महिलामा कोरोना पुष्टि भएको हो । यसैगरी भक्तपुरमा १ महिला, ३ पुरुषमा र ललितपुरमा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

कोरोनाका कारण ज्यान गुमाउने २६ जना पुगे

यसैबीच, नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । नेपालमा आज थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।