भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

एजेन्सी- भारतका उपराष्ट्रपति बेंकैया नायडुलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

हाल उनी घरमै आइसोलेसनमा बसेका छन् । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत २४ घण्टामा भारतमा ८० हजार पाँच सयलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या ६२ लाख २३ हजार पाँच सय नाघेको छ । कोरोनावाट भारतमा ९७ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।