गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण

कास्की – गण्डकी प्रदेशमा थप नयाँ २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगे गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या नौ सय ९४ पुगेको छ  ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा.विनोद बिन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप नयाँ २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरूमा नवलपरासी (बर्दघाट सस्ता पूर्व) का १२ जना, गोरखाका तीन जना, कास्कीका एक जना  स्याङ्जाका आठ जना, बाग्लुङका तीन जना तनहुँका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।