बाहिरी जिल्लाबाट आउनेलाई होम क्वारेन्टाइनमा राख्न गृहको परिपत्र

काठमाडौँ – गृह मन्त्रालयले बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न परिपत्र गरेको छ । काठमाडौँ उपत्यकामा घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि पछिल्ला दिनमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेहरु बढेका थिए ।

परीक्षण गर्ने बढेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको हो । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो ।

सोही बमोजिम गृह मन्त्रालये उपत्यकाका तीन जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको हो ।