गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

कास्की – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय २९ पुगेको छ । लमजुङमा पाँच जना, पर्वतमा एक जना, स्याङ्जामा सात जना, कास्कीमा पाँच जना, गोखामा, एक जना, बाग्लुङमा नौ जना, तनहुमा एक जना नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्देशनालयका अनुसार लमजुङको मध्य नेपाल नगरपालिकामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु २१, २२, २४, ३७ बर्षका पुरुषहरु रहेका छन् । लमजुङकै बेशिशहर नगरपालिकाका ३३ बर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्वतको कुस्मा नगरपालिकाका २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यसैगरी स्याङजाको अर्जुचौपारी गाउँपालिका १२ बर्षीय पुरुष, आधीखोला गाउँपालिकाका ६५ बर्षीय पुरुष बालिङ नगरपालिकाका २४, ४५, ४० बर्षका पुरुष र ३० महिनाको बालिका, २४ बर्षीया महिलामा कोरोना पुष्टि भएको निदेशनालयले जनाएको छ ।

त्यस्तै कास्कीको पोखरा नगरपालिकामा २५ बर्षिय पुरुष, ४०, २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा कास्की कै मादी गाउँपालिकामा ४१ बर्षीय पुरुष र ४० बर्षीया महिला रहेका छन् ।

त्यसैगरी गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा ४२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बाग्लुङको बरेङ गाउँपालिकामा २०, ३३, ६०, ३७, ४०, १९, ३५, २० बर्षीय पुरुष, र जैमनी गाउँपालिका २० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तैगरी तनहुँको देबघाट गाउँपालिकाका २३ वर्षीय पुरुष र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को गैँडाकोट नगरपािलकाका ३३, ५६, ५१ बर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको निदेशनालयले जनाएको छ ।