संस्कृतको विरोध गर्नेहरु डलरबादी हुन्

– आचार्य डिल्लीराम गौतम

संस्कृत भनेको परिष्कृत हो । मन बुद्धि चित्त र आत्मालाई मानवता बुझाउने भाषा संस्कृत हो । आज नासाले संस्कृत जत्तिको भाषा अरु छैन भन्दै संस्कृत अध्ययन नगरी विश्वका अन्य भाषा अध्ययन गर्न नसकिने निष्कर्ष निकालेको छ । संस्कृत देववाणीबाट निस्किएको भाषा भनिन्छ ।

अनि नेपाल प्राक्कालदेखि नै देवताहरुको भूमि हो । नैतिकता, चरित्र सिक्नका लागि संस्कृत सिक्न जरुरी छ । हृदयबाट आउने नैतिकता बुझ्न र सिकाउन संस्कृतले नै सक्छ । आज अमेरीका, जर्मनी, इटालीमात्र होइन अफगानिस्तान जस्तो मुस्लिम देशको काबूल विश्वविद्यालयमा पनि १९८० देखि नै संस्कृत सिकाइने गरेको तथ्य जगजाहेर छ ।

अमेरीकनले अंग्रेजी भाषाका धेरै शब्द संस्कृतबाट रहेछन् भन्ने निष्कर्ष निकालिएको छ । रुसमा पनि त्यस्तै छ । हामी भारतवर्षको हिमवत् खण्डको नेपालमा रहेका छौँ जुन देवभूमि हो । अब हामीले भने संस्कृत मास्यौँ ।

आधुनिक इतिहास हेर्दा ऋग्वेद इसं आउनुपूर्व ३००० वर्ष पहिले थियो भनिएको छ । रामायण, महाभारत, पुराणहरु हामीले बुझ्यौँ । हामीले मानव अस्तित्व बुझाउने हो भने संस्कृत अति जरुरी छ ।

संस्कृत नबुझेसम्म नैतिकवान बन्न सकिन्न । अध्यात्म नबुझ्नेले संस्कृत विरोध गरेका हुन् । किरात, बुद्ध, जैन धर्मको ग्रन्थ संस्कृतबाटै विकसित भएका थिए । संस्कृत छाडेर संसारका कुनै पनि भाषाको मुल जरो छुन सकिन्न । इसं आउनुभन्दा ५०० वर्ष अघि पाणिनीको व्याकरण लेखिएको बुझिएको छ । संसारका जुनसुकै भाषाका विज्ञलाई गएर सोध्नुहोस त

व्याकरणबाटै विकसित भएको छ । संसारको सबैभन्दा पहिलो शब्दकोष संस्कृतकै अमरकोष हो । वेदका ऋचा संकलन भएको, नेपालमा जन्म लिएर वेदव्यासले १८ पुराण रचेको अनि पाणिनीको जन्म भएको देश हामी भने संस्कृत पढाउन हुन्न भनेर किन विरोध गरिरहेका छौँ आश्चर्य लाग्छ । विरोध गर्दा प्रिय भइन्छ भन्ने भान पालेर हुन्न ।

संस्कृतलाई विरोध चलखेल हो । त्यो चलखेल भनेको संस्कृतको जरै मेटाउने हो । विश्वबाट जुन कुबुद्धि हो । संसारको सबैको आफ्नो सभ्यता संस्कृति जगाउन देश र नागरिक जागरुक भएका बेला हामीहरु यस्तो विरोध गर्नु आफ्नो खुट्टामा बञ्चराले हानिए जस्तै हो ।

आजको दिनमा वसुधैव कुटुम्बकम्, मातृदेवो भवः, गुरुदेवो भवः, पितृदेवो भवः भन्ने भावना पनि संस्कृतले नै जगाउने हुँदा यसको सान्दर्भिकता बढ्दै गएको छ ।

(–आचार्य डिल्लाराम गौतमले खुल्लापाटी खुल्ला बहसमा व्यक्त गर्नुभएको भावनाको संक्षिप्त अंश )

संस्कृत महत्वबारेको पूरा अन्तर्वार्ता अंश यहाँहरुले हाम्रो खुल्लापाटी डट कमको पेजमा गएर हेर्न सक्नुहुनेछ । यहाँ तल पनि लिंक दिइएको छ । आगामी दिनमा यस्तै महत्वपूर्ण व्यक्तित्वसँगको अन्तर्वार्ता हेर्न र सुन्न खुल्लापाटी डट कमको फेसबुक पेज लाइक र खुल्लापाटी डट कमका समाचार शेयर गर्नुहोला ।

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहस:संस्कृत शिक्षा महत्व र सान्दर्भिकताबारे खुल्लापाटी खुल्ला बहस आचार्य डिल्लीराम गौतम

Gepostet von Khullapati am Dienstag, 12. Mai 2020