प्याब्सन कार्यसमितिद्धारा शिक्षामन्त्रीसँग भेटवार्ता

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललसँग भेटवार्ता गरेको छ । शिक्षा मन्त्रालयमा प्याब्सन अध्यक्ष टीकाराम पुरीसहितको टोलीले भेटवार्ता गरेको हो । भेटमा प्याब्सनले शैक्षिक क्षेत्र सुधारका लागि पटक पटक उठाउँदै आएका समस्या लगायतबारे छलफल भएको प्याब्सन सह अध्यक्ष डिके ढुंगानाले खुल्लापाटीलाई जानकारी दिए ।

‘हामीले आज प्याब्सनको तर्फबाट शुभकामना, बधाइ दियौँ । केन्द्रीय कार्यसमितिका उपलब्ध पदाधिकारी गएर शिक्षा क्षेत्रका यावत समस्याबारे पनि ध्यानाकर्षण गरायौँ ’ उनले स्पष्ट पारे । शिक्षामन्त्रीका पौडेलको नियुक्तिपछि प्याब्सन पदाधिकारीले पहिलोपटक भेटवार्ता गरेको हो ।