नेपालमा कोरोना संक्रमित ८२७४ पुगे

काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । शुक्रबार एकैदिन ४२६ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएसँगै संक्रमितको संख्या ८२७४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार थप ४२६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा २१६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। हालसम्म १४०२ जना उपचारपछि निको भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको छ ।