वागमती प्रदेशको प्रस्ताव : एसइई र ११ मा आन्तरिक मुल्याङकन, १२ मा मात्र परीक्षा (भिडियोसहित)

काठमाडौँ । वागमती प्रदेशले कक्षा १० र ११ मा सम्बन्धित विद्यालयका अघिल्ला आन्तरिक परीक्षालाई आधार मानेर अघिल्लो कक्षामा विद्यार्थी पास गराउनुपर्ने प्रस्ताव पेश गरेको छ । विद्यालयले यस अघि लिएको जाँचको अंक जोडेर सोही आधारमा विद्यार्थीलाई कक्षा चढाउनेगरी प्रदेशले सुझाव केन्द्रीय सरकारलाई दिएको वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

शिक्षा पत्रकार समूहले विहीबार गरेको भिडियो प्रेस मिटमा मन्त्री दुलालले कोरोनाको जोखिम कहिलेसम्म भन्ने निश्चित हुन नसकेकाले यस्तो प्रस्ताव पेश गरेको जानकारी दिए । उनले भने –‘एसइईको परीक्षा अन्तिम नभएकाले लिन जरुरी छैन । अन्य तहको पनि परीक्षा लिनुभन्दा आन्तरिक मुल्याङकनका आधारमा अघि बढ्नुपर्छ । ’

मन्त्री दुलालले कक्षा १० को अन्तिम परीक्षा लिने क्षेत्राधिकार प्रदेशकै भएपनि अहिले केन्द्रबाटै एकै प्रकारको प्रश्न बनाई जाँच लिने पूर्व तयारी भएका कारण यसमा बागमति प्रदेशले निर्णय लिन नसकेको पनि स्पष्ट पारे । उनले भने –‘अध्यादेश ल्याएरै भएपनि शिक्षा ऐन संशोधन गरी एसइइ र कक्षा ११ का लागि विद्यालयहरुको आन्तरिक जाँचकै अंक जोडेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने व्यवस्था गर्नुपर्छ ।’

मन्त्री दुलालले यो विकल्प उपर्युक्त नभए एसइई परीक्षाका हकमा अहिले तोकिएका परीक्षा केन्द्र खारेज गरी ‘होम सेन्टर’हरुमा सामाजिक दूरी कायम गर्दै जाँच लिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सामाजिक विकास मन्त्री दुलालले इन्टरनेट र डिभाइसको पहुँच नभइरहेको अवस्थामा अनलाइन शिक्षा सम्भव नहुने भन्दै रेडियो र टेलिभिजनबाट दूर शिक्षा दिनुपर्ने बताए । अनलाईन एजुकेशन संभव नभएको हुदा टेलिभिजन, रेडियोसँगै अफलाईन पठन पाठन पनि जरुरी भएको मन्त्री दुलालको भनाई छ ।

लकडाउन खुलेको अवस्थामा पनि विद्यालय सबैतिर खुलाउन नसकिने मन्त्री दुलालको भनाइ छ ।

Education Journalist Group

‘कोरोना प्रभावमा वागमती प्रदेश’सरकारको शिक्षा क्षेत्र व्यवस्थापनको तयारी’का बारेमा सामाजिक विकास मन्त्री युवराज दुलाल संग शिक्षा पत्रकार समूहद्धारा आयोजित अन्तरकृयात्मक ‘भर्चुअल प्रेस मिट’

Gepostet von Khullapati am Donnerstag, 30. April 2020

Education Journalist Group

‘कोरोना प्रभावमा वागमती प्रदेश’सरकारको शिक्षा क्षेत्र व्यवस्थापनको तयारी’का बारेमा सामाजिक विकास मन्त्री युवराज दुलाल संग शिक्षा पत्रकार समूहद्धारा आयोजित अन्तरकृयात्मक ‘भर्चुअल प्रेस मिट’

Gepostet von Khullapati am Donnerstag, 30. April 2020