कोरोना भाइरस संक्रमित दैनिक बढ्दै, आज एकैदिन भेटिए ६७१ जना

काठमाडौँ – आज एकैदिन ६७१ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप ६७१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । नयाँ थपिएका संक्रमित मध्ये ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

अर्कोतर्फ नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या एक हजार १८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना उपचारपछि निको भएका छन् ।