गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ७५३ पुगे

काठमाडौँ – गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ५३ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले आज जारी गरेको विज्ञप्तिाम प्रदेश क्षयरोग केन्द्र पोखारा, प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा छ जना, स्याङ्जामा एक जना, बाग्लुङमा दुई जना, नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा दुई जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेहरुमा म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित २३, २६, २०, ३५ बर्षका पुरुष र बेनी नगरपालिकामा १७ बर्षका पुरुष र २६ बर्षीया महिलामा कोरोना सङक्रमण पुष्टि भएको हो ।

त्यस्तै गरी स्याङ्जाको कालीगण्डकी गाउँपालकाका २३ बर्षीय पुरुष, बाग्लुङ जिल्लाकोे गल्कोट नगरपालिकाका २० र १९ बर्षिय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का ५३ बर्षीय पुरुष र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) कै मध्यबिन्दु नगरपालिका २० बर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।