कोरोना संक्रमित ६५०० नाघे

काठमाडौँ – आज थप ३८० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ११४ जनामा पोजेटिभ देखिएको छ ।

त्यस्तै जनकपुरमा भएको परीक्षणमा ५५ जना, दाङमा भएको परीक्षणमा ५७ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, विरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् । कुल ७३ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।