एकाविहानै विहानै ६ रेक्टर भूकम्पको धक्का, केन्द्रविन्दु सिन्धुपाल्चोक

काठमाडौँ – आज विहानै काठमाडौँ आसपासमा भूकम्पको शक्तिशाली धक्का महशुश भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुश भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ म्यग्निच्यूडको भूकम्प गएको हो । काठमाडौँ लगायत आसपासको जिल्लामा पनि भूकम्पको धक्का महशुश गरिएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो पनि २०७२ सालको भूकम्पकै परकम्प हो ।

हठात् भूकम्प पश्चात मानिसहरू घरबाट बाहिर निस्किएका थिए । भूकम्पको धक्का काठमाडौँसहित नुवाकोट, धादिङ, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महशुश गरिएको छ ।