कोरोना भाइरसबाट विश्वभर ७५ लाख बढी मानिस संक्रमित

काठमाडौँ – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट विश्वभर ७५ लाख बढी मानिस संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार २३ हजार ८ सय ११ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७५ लाख ९५ हजार ६ सय ४६ पुगेका छन् ।