देशका अधिकांश भेगमा वर्षा, आइतबारसम्म वर्षा कायमै रहने 

मनसुनी वायुको प्रभाव कायमैँ रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । भारी वर्षा नभए पनि ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश २ बाहेक सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।