गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान विज्ञप्ति जारी गरी विभिन्न चार जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । निर्देशनालयका अनुसार सबैभन्दा धेरै स्याङ्जामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी पर्वतमा १३ जना, तनहुँमा एक जना, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) का एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या एक सय ८८ पुगेको छ । संक्रमित सबैलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।