मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, सवारीसम्बन्धी यस्तो निर्णय

काठमाडौँ – सरकारले सार्वजनिक सवारीसाधन तत्काल सञ्चालन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले मोटरसाइकलमा एक जनामात्रै चढन पाउने तथा सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।

निजी गाडीमा चालकबाहेक थप एक जना राख्न पाइने भएको छ । मन्त्रिपरिषद् बैठकले जोर बिजोर प्रणाली काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले कार्यालय समय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । पहिलो सिफ्टमा विहान ८ बजदेखि १ र दोस्रोमा १ बजेदेखि ६ बजेसम्म कार्यालय सञ्चालन गरिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्था पनि तत्काल नखोल्ने निर्णय गरेको छ ।