एकैदिन भेटिए २२६ जना कोरोना संक्रमित, संक्रमित १७९८ पुगे

काठमाडौँ – आज एकैदिन हालसम्मकै बढी संख्यामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आज एकैदिन २२६ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार सोमबार थप २२६ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितमध्ये जसमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

संक्रमितहरु झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७१ हजार ९०३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । जसमध्ये ७० हजार १०५ मा संक्रमण देखिएको छैन ।

अहिले नेपालका विभिन्न जिल्लामा १ लाख १३ हजार ७५७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै १ हजार ५६९ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये २२१ जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।