एकैदिन २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण ६१ जिल्लामा फैलियो

काठमाडौँ – आज एकैदिन थप २८८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार मंगलबार थप २२८ जनामा संक्रमण देखिएको छ ।

कुल ६१ जिल्लामा कोरोना संक्रमणका विरामी देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म कोरोना भाइरस पुष्टि भएका व्यक्तिको संख्या २ हजार ९९ पुगेको जानकारी दिनुभयो । जसमा १ हजार ९ सय पुरुष र १ सय ५० जना महिला संक्रमित छन् ।

संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ४५ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।