खुल्लापाटी खुल्ला बहस : ऐन महर र टी आर ढकालबीच बहस हुँदै

काठमाडौँ – खुल्लापाटी खुल्ला बहस अन्तर्गत आजको श्रृङखलामा शैक्षिक क्षेत्रको गन्तव्यबारे निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) केन्द्रीय उपाध्यक्ष टी. आर ढकाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का संयोजक ऐन महरबीच बहस हुँदैछ ।

निजी विद्यालयलाई लकडाउनमा भर्ना नथाल्न निर्देशन दिएका र त्यसो गरे कारबाही, तालाबन्दीको चेतावनी दिएका अनेरास्ववियु सयोजक महर र निजी विद्यालयकै छाता संगठनका उपाध्यक्ष ढकालबीच बहस हुन लागेको हो । बजेट, निजी तथा विश्वविद्यालयको आगामी शिक्षा, शिक्षा मन्त्रालयले आइतबार दिएको निर्देशनपछिको तयारी लगायतबारे बहस हुनेछ ।

बहस दिउँसो १ बजेदेखि हुनेछ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/