शैक्षिक क्षेत्र व्यवस्थापनबारे ७ संस्थाको एकै स्वर, २१ गतेदेखि विद्यार्थी भर्ना

काठमाडौँ – कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा परेको असरबारे पहिलोपटक शिक्षाक्षेत्र सम्बद्ध सात संस्थाले सामुहिक विज्ञप्ति जारी गर्र्दै २१ गतेदेखि विद्यार्थी भर्ना अभियान थाल्ने गरी सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाका कारण निजी विद्यालयमा पनि गम्भीर क्षति पुगेकाले २१ गतेदेखि सामाजिक दुरी कायम गर्न भर्ना अभियान थाल्ने गरी वातावरण मिलाउन सरकारलाई आग्रह गरेका हुन् ।

भर्चुअल कक्षाको माध्यमबाट शैक्षिक क्षेत्र अघि बढाउनेबारे प्रधानमन्त्रीले हालै राष्ट्रको नाममा गरेको सम्बोधनमा पनि उल्लेख गरिएकाले यससम्बन्धी व्यवस्थाका लागि तालिम लगायतका कार्य थाल्न उनीहरुले आग्रह गरेका हुन् । साथै पाठ्युपस्तक व्यवस्थापन र भर्चुअल कक्षा सञ्चालनलाई औपचारिकता दिन पनि ती संस्थाले माग गरेका छन् ।

संस्थागत विद्यार्थीहरुका लागि विशेष राहत प्याकज ल्याउन माध्यमिक शिक्षा परीक्षाका लागि यस पटकलाई आन्तरिक मुल्याङकनका आधारमा ग्रेडसिट र प्रमाणपत्र उपलब्ध गराउन तथा कक्षा आगामी वर्षदेखि स्थानीय तहलाई परीक्षाको जिम्मेवारी दिई कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा बनाउन पनि माग गरेका छन ।

संयुक्त विज्ञप्तिमा कोरोनाले सबै क्षेत्रजस्तै निजी क्षेत्रका २ लाख शिक्षक कर्मचारीको रोजगारी र शैक्षिक क्षेत्र धराशायी हुन नदिन तत्काल यी कार्य गर्दा अभिभावकलाई पनि राहत मिल्ने उल्लेख छ ।

विज्ञप्तिमा प्याब्सन अध्यक्ष टीकाराम पुरी, एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटा, राष्ट्रिय अभिभावक महासंघ अध्यक्ष धर्मदत्त देवकोटा, इस्टु अध्यक्ष होमकुमार थापा, संस्थागत विद्यालय अभिभावक संघ अध्यक्ष सुवास भण्डारी, अभिभावक संघ अध्यक्ष केशव पुरी, नेपाल राष्ट्रिय अभिभावक संघ अध्यक्ष यादवप्रसाद शर्माको हस्ताक्षर छ ।

हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै :