कोरोना भाइरसबाट विश्वभर ३ लाख ४७ हजारभन्दा बढीको मृत्यु, भारतमा संक्रमित १ लाख ४४ हजार नाघे

काठमाडौँ –  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ । ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् ।

२८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ ।

भारतमा संक्रमित १ लाख ४४ हजार नाघे

यसैबीच भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको हो ।हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १७२ जनाको मृत्यु भएको छ ।