शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सव सम्पन्न, १३ शिक्षा पत्रकार पुरस्कृत

काठमाडौँ– शिक्षा पत्रकार समाजले तेस्रो वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कृत गरेको छ । काठमाडौँमा आज एक कार्यक्रमबीच प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले पुरस्कृत र सम्मानितहरुलाई सम्मान र पुरस्कार प्रदान गरे ।

समाजले शिक्षा सम्मान काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन डा बालचन्द्र लुइँटेल, केन्द्रीय बहिरा क्याम्पसका प्रमुख ऋषिराम देवकोटा, नुवाकोटको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, जापानको एभरेष्ट इन्टरनेशनल स्कुल, बालविकास प्रशिक्षक एवं अङ्कुर प्रि–स्कुलका प्रिन्सिपल सिर्जना पोखरेल र सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापालाई प्रदा ग¥यो । त्यसैगरी रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिककी पत्रकार रूवी रौनियारलाई प्रदान गरियो ।

उक्त पुरस्कार समाजसेवी एवं उद्यमी गोपी कँडेलबाट रु दुई लाख २२ हजार कोषमा हस्तान्तरण गरी सुरु गरिएको थियो । त्यसैगरी कैलालीको न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम शर्मा भण्डारी, सप्तारीको भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, संयुक्त अधिराज्य बेलायतको पहार ट्रष्ट नेपालका निर्देशक एलन स्वीट म्यान र धनुषाको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहलाई पनि शिक्षा र रुपान्तरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।