थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार अछाम, बर्दिया, पर्साका र बाराकामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौँ घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म १ सय १२ जनाको डिस्चार्ज भएको पनि जानकारी दिए । उनले पछिल्लो पटक नारायणी अस्पतालबाट १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र वर्दियाका एक-एक जना पनि डिस्चार्ज भएका छन् ।

यस्तै टेकु अस्पतालमा रहेका सर्लाहीका ३४ वर्षीया पुरुष पनि डिस्चार्ज भएका छन् ।