उपत्यका बाहिरका विद्यालयका आफ्नै योजना (भिडियोसहित)

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत बुधबार कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश दुईमा कोरोना प्रभाव र शैक्षिक क्षेत्रको अवस्थाबारे बहस भयो । काठमाडौँ बाहिरका विद्यालयले गरिरहेका कार्यबारे भएको बहसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)का केन्द्रीय र प्रादेशिक प्रमुखहरु सहभागी भए ।

प्रदेश दुई अन्तर्गत सर्लाही बरहथवाबाट कल्पवृक्ष ईङलिस बोर्डिङ स्कुलका सञ्चालक एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)का प्याब्सन केन्द्रीय उपाध्यक्ष गोपाल कार्की, प्याब्सन कर्णाली अध्यक्ष एवं सिद्धपाइला ईंगलिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर, सुर्खेतबाट नैन बहादुर खत्री र ज्ञानज्योति बोर्डिङ स्कुल अत्तरिया, कैलालीका सञ्चालक एवं प्याब्सन उपाध्यक्ष जगवीर थापा सहभागी भए ।

बहसमा सहभागीहरुले कोरोनाका कारण शैक्षिक क्षेत्रमा असर गरेको भएपनि अझै धेरै नै समस्या नआएको जनाए । साथै अभिभावकहरुलाई नआँत्तिन र धैर्य गर्न आग्रह गर्दै आगामी दिनको वस्तुस्थिति अनुसार अघि बढ्ने बताए ।

खुल्लापाटी डट कमको खुल्ला बहस:

खुल्लापाटी डट कमको खुल्ला बहस:उपत्यकाबाहिरका सर्लाही बरहथवाबाट कल्पवृक्ष ईङलिस बोर्डिङ स्कुलका सञ्चालक एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)का प्याब्सन केन्द्रीय उपाध्यक्ष गोपाल कार्की, प्याब्सन कर्णाली अध्यक्ष एवं सिद्धपाइला ईंगलिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर, सुर्खेतबाट नैन बहादुर खत्री र ज्ञानज्योति बोर्डिङ स्कुल अत्तरिया, कैलालीका सञ्चालक एवं प्याब्सन उपाध्यक्ष जगवीर थापा सहभागी हुँदै

Gepostet von Khullapati am Mittwoch, 6. Mai 2020

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नेछन् ।