दुई महिने शिशुसहित थप १७ जनामा कोरोना संक्रमण

काठमाडौँ – दुई महिने शिशुसहित थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका सबै पर्सा जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितमध्ये १० पुरूष र ७ महिला छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। आज १७ जना थपिएसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।