लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ- सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ गते सकिन लागेकोमा सरकारले थप १० दिन लकडाउन थप्न लागेको हो । लकडाउनका कारण अर्थतन्त्र धरापमा परेको तथा जनजीवन प्रभावित भएको भन्दै खुकुलो बनाउनुपर्ने आवाज उठ्दै गएको भएपनि सरकारले लकडाउन कायमै राख्ने निर्णय गरेको हो ।

भारतमा संक्रमण बढ्दै गएको र नेपालमा पनि संक्रमित बढ्दै गएकाले लकडाउन थप्नुपर्ने निष्कर्षमा सरकार पुगेको एक मन्त्रीले जानकारी दिए ।