कोरोना उद्गमस्थल हुबेई प्रान्तमा खुले विद्यालय

काठमाडौँ । सबैभन्दा पहिले कोरोना भाइरसको इपि सेन्टर बनेको चीनको हुबेई प्रान्तमा महामारीपछि पहिलोपटक विद्यालय खुलेका छन् ।

महामारी नियन्त्रणमा सफलता प्राप्त गरेसँगै हुबईका पहिलो ब्याचका विद्यार्थीहरुले विद्यालय जान पाएका हुन् । कक्षा १२ र ९ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा आगामी ग्रीष्म ऋतुमा आउँदै छ ।

विश्वविद्यालय प्रवेशका लागि कक्षा १२ को परीक्षा महत्वपूर्ण रहेकाले उक्त परीक्षाबाट विद्यार्थीको भविष्य निर्धारण हुने गर्दछ ।

चीनको अधिकांश स्थानमा भने गत मार्चदेखि नै कक्षा १२ का विद्यार्थीहरु विद्यालय जान थालिसकेका छन् ।

हुबेईका सबै विद्यार्थीले विद्यालय फर्किनुभन्दा पहिले कोरोनाको भने परीक्षण गर्नु पर्दछ । साथै, कक्षा कोठामा बस्दासमेत सामाजिक दूरी कायम हुने गरी हरेक विद्यार्थीका लागि पार्टेसन ९स्थान विभाजन० गरिएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यसैबीच, पछिल्लो ३२ दिनयता हुबेईमा कोही पनि कोरोना भाइरसको संक्रमित नभेटिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।