खुल्लापाटी खुल्ला बहस : के गर्दैछन् उपत्यका बाहिरका विद्यालय आज हुँदैछ बहस

काठमाडौँ । काठमाडौँ बाहिरका विद्यालयले के गरिरहेका छन् भन्नेबारे आज पनि खुल्लापाटी डट कमको खुल्ला बहस हुँदैछ ।

उपत्यकाबाहिरका सर्लाही बरहथवाबाट कल्पवृक्ष ईङलिस बोर्डिङ स्कुलका सञ्चालक एवं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)का प्याब्सन केन्द्रीय उपाध्यक्ष गोपाल कार्की, प्याब्सन कर्णाली अध्यक्ष एवं सिद्धपाइला ईंगलिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर, सुर्खेतबाट नैन बहादुर खत्री र ज्ञानज्योति बोर्डिङ स्कुल अत्तरिया, कैलालीका सञ्चालक एवं प्याब्सन उपाध्यक्ष जगवीर थापा सहभागी हुँदैछन् ।

बहस दिउँसो २ बजेपछि सुरु हुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/